सभामुख महरामाथि बात लगाउने महिला ‘डिप्रेशन’ काे शिकार, बानेश्वर प्रहरी वृत्त अगाडि आत्महत्या प्रयास ! – Tamu Times

सभामुख महरामाथि बात लगाउने महिला ‘डिप्रेशन’ काे शिकार, बानेश्वर प्रहरी वृत्त अगाडि आत्महत्या प्रयास !

काठमाण्डु, १४ असोज– सभामुख कृष्णबहादुर महरामाथि यौन दुराचारको आरोप लगाउने संसदकी कर्मचारीले केही आत्महत्या प्रयास गरेको खुलासा भएको छ ।

ती युवतीले करिब डेढ वर्षअघि विष सेवन गरी आत्महत्या प्रयास गरेकी थिइन् । बानेश्वर प्रहरी वृत्त अगाडि दिउँसै विष सेवन गरेकी उनलाई तत्काल प्रहरीले उद्धार गरी अस्पताल पु-याएको थियो ।

महिलाका श्रीमानले उनले आत्महत्या प्रयास गरेकाे काठमाण्डुटुडेसँग बताए । २६ दिन अस्पतालमा राखेर परिवारले उनलाई घर लगेको थियो ‘एकपटक आत्महत्याको प्रयास गरेको थियो’, उनले काठमाण्डुटुडेसँग भने, ‘त्यतिबेला बचाइयो ।’ शाहीले उनकी पत्निले डिप्रेशनको औषधि सेवन गर्दै आएको समेत खुलासा गरे । तर, बीचमा औषधि छाडेका कारण समस्या भएको बताए ।

‘डिप्रेशनको औषधि खाँदै आएकी थिइन्’, उनले भने, ‘केही समय भयो औषधि खान छाडेको ।’ संसद सचिवालयमा काजमा कार्यरत उनले आइतबार राति सभामुख महराले आफ्नो बानेश्वरस्थित डेरामा आएर जबर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन् ।

सभामुख महराको सचिवालयले भने आरोपको खण्डन गर्दै त्यस दिन महरा १२ बजे संसद सचिवालय गएको र त्यहाँबाट २ बजे बालुवाटारस्थित सरकारी निवास पर्केपछि बाहिर ननिस्केको दाबी गरेको छ ।

महराको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको भन्दै सचिवालयले त्यसको निन्दा गरेको छ । Kathmandu Today